आज पहाडी भेगको केही ठाउँमा बर्षाको सम्भावना

images
  • 145
    SHARES
  • जेठ ६, २०८१ आइतबार
    आज पहाडी भेगको केही ठाउँमा बर्षाको सम्भावना
    images

    काठमाण्डौ 

    अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित सामान्य पानी परिरहेको छ ।

    पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको केही ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ ।

    देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना पनि रहेको विभागको मौसम बुलेटिनमा उल्लेख छ । बदली र केही ठाउँमा वर्षाका कारण आज पूर्वी तराई र मध्यपहाडमा गर्मी केही घट्ने सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । पश्चिम तराईका केही ठाउँमा पनि बदली र सामान्य वर्षाको सम्भावना भए पनि दिउँसो गर्मी उस्तै रहने सम्भावना रहेको उहाँले बताउनुभयो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend