तमू प्ये ल्हु संघ चितवनद्वारा वनका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन

images
  • 151
    SHARES
  • जेठ ६, २०८१ आइतबार
    तमू प्ये ल्हु संघ चितवनद्वारा वनका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन
    images

    चितवन

    गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित धार्मिक संस्था तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनलले नवजागृति सामुदायीक वन उपभोक्ता समूह भरतपुर–११ को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ ।

    संघले शनिबार वन समूहको कार्यालयमै पुगेर एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको हो ।

    संघले गुरुङ समुदायको संस्कार अनुसार नवजागृति सामुदायीक वन उपभोक्ता समूह नवनिर्वाचित अध्यक्ष नारायण बहादुर केसीलाई संघका केन्द्रीय उपाध्यक्ष तुलाराम गुरुङ, केन्द्रीय सल्लाहकार एवं चितवनका पूर्व अध्यक्ष जगत बहादुर गुरुङले फेटा लगाएर सम्मानका साथ बधाई ज्ञापन गरिएको थियो ।
     
    तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न बधाई ज्ञापन कार्यक्रममा संस्थाका सदस्यहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend