बिहानी मिडियाको समन्वयमा अग्निपीडित जुनकिरीलाई नगद ३० हजार ८९० सहित खाद्यान्न सहयोग

images
  • 301
    SHARES
  • जेठ ७, २०८१ सोमबार
    बिहानी मिडियाको समन्वयमा अग्निपीडित जुनकिरीलाई नगद ३० हजार ८९० सहित खाद्यान्न सहयोग
    images
     
    देवघाट ।
    बिहानी मिडियाको समन्वयमा देवघाटका अग्निपीडितलाई नगद सहित खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । आइतबार बिहानी मिडियाका अध्यक्ष आशिक रानामगरले देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरको उपस्थितिमा नगद ३० हजार ८९०, चामल तीन बोरा, सोयाबिन एक बोरा र लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।
    देवघाट-४ स्थित रातेपानीकी जुनकिरी भुजेलको घरमा गत वैशाख २५ गते राति दिउँसो परेको चट्याङले घरमा आगो लागेको थियो । चट्याङ परेपछि जुनकिरीका ससुरा तुलबहादुरबाहेक सबैजना बेहोस भएका थिए । उनै तुलबहादुरले परिवारका सबै सदस्यको ज्यान जोगाइदिएका थिए । आर्थिक रूपमा अति विपन्न परिवारमा चट्याङ बज्रिएपछि झनै सङ्कट आइपरेको थियो ।441954751_431061642893789_4324520875691965033_n.jpg
     
    जुनकिरीको घरमा दश जनाको संयुक्त परिवार छ । भुजेल परिवार आगलागीबाट घरसँगै अन्नपात तथा लत्ताकपडा सबै जलेपछि घरबारविहीन बनेको छ । विपदको बेला सबै मिलेर सहयोग गर्न देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले आग्रह गरे । ‘विपदको बेला जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गर्नुपर्छ,’ उनले भने, ‘फलानोले गर्छ र ढिस्कानोले गर्छ भनेर धाक हेर्नु हुँदैन ।’445209155_431061116227175_7908809496724881955_n.jpg
     
    सोही विषयमा बिहानी मिडियाले पहल गरेपछि आर्थिक स्रोत जुटेको थियो । मिडियाका अध्यक्ष रानामगरका अनुसार देवघाट वडा नम्बर ५ निवासी हाल रोजगारीको सिलसिलामा अमेरिकाबाट तेजबहादुर गुरूङबाट २२ हजार २२२ रूपैयाँ,आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ निवासी हाल रोजगारीको सिलसिलामा रोमानियाबाट सगर भुजेलबाट ५ हजार रुपैयाँ,उदयपुर कटारी नगरपालिका वडा नम्बर १० का गोविन्द भुजेलबाट २ हजार १५१ रुपैयाँ,देवघाट २ नरम निबासी ढकबहादुर थापामगर(आयुश) बाट ३१०५ र नेपाल मगर साँकृतिक संघ चितवन जिल्ला बाट ३ बोरा चामल सहितका नगद र खाद्यसामग्री लगेर वितरण गरिएको हो । घटना भएपछि सबैभन्दा पहिले आधारभूत आवश्यकता उपलब्ध गराएको थियो ।445209138_431061269560493_7005401687860578725_n.jpg
     
    भुजेलको परिवारलाई बसोबासको लागि गाउँले मिलेर सहयोग जुटाउन थालेका छन् । तर, पर्याप्त सहयोग नजुट्दा हालसम्म घर निर्माणको काम थाल्न सकेको छैन । ‘गाउँले मिलेर सहयोग गर्दैछौँ । तर, आर्थिक स्रोत जुट्न नसक्दा समस्या भएको छ,’ धारापानी सामुदायिक वनका अध्यक्षसमेत रहेका स्थानीय जीतबहादुर रानामगरले भने ।441513084_431061939560426_3243291904669849601_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend