एमालेले दुई दिन प्रशिक्षण दिने स्थानीय तहका जनप्रतिनिधिलाई

images
  • 79
    SHARES
  • जेठ २४, २०७९ मंगलबार
    एमालेले दुई दिन प्रशिक्षण दिने स्थानीय तहका जनप्रतिनिधिलाई
    images

    नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको छ । एमाले केन्द्रीय पार्टी कार्यालय सचिव भीष्म अधिकारीले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण राखिएका जानकारी दिए ।

    nekapayamale1627626684_20211104125818.jpeg

    उनका अनुसार एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । असार २ र ३ गते जनप्रतिनिधिलाई वर्तमान राजनीतिक, आर्थिक विकास, स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend