चितवनको कुरिनटारमा ट्रकले माइक्रोलाई ठक्कर दिँदा १३ जना घाइते

images
  • 365
    SHARES
  • जेठ ८, २०८१ मंगलबार
    चितवनको कुरिनटारमा ट्रकले माइक्रोलाई ठक्कर दिँदा १३ जना घाइते
    images

    ८ जेठ, काठमाडौं

    चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

    कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सकुशल छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend