नुहाउने क्रममा बाथरुममा लडेर एक बृद्धको मृत्यु

images
  • 181
    SHARES
  • जेठ ९, २०८१ बुधबार
    नुहाउने क्रममा बाथरुममा लडेर एक बृद्धको मृत्यु
    images

    चितवन, जेठ ९-

    भरतपुर महानगरपालिका–११ मा बाथरुममा लडेर एक बृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पर्वतेको फलेवास घरभई छोरी विमला लम्सालको घरमा बस्दै आएका ८६ वर्षीय शसीधर पाध्य रहेका छन् ।

    मंगलवार बिहान करिब साढे ७ बजे बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका पाध्यको उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । सोहि दिन बिहान ८ बजे चिकित्सकले पाध्यलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend