जुवा खेलिरहेको अवस्थामा २२ जना जुवाडे पक्राउ

images
  • 229
    SHARES
  • जेठ ११, २०८१ शुक्रबार
    जुवा खेलिरहेको अवस्थामा २२ जना जुवाडे पक्राउ
    images

    काठमाण्डाै –

    नेपाल प्रहरीको टोलीले काठमाण्डाैकाे मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    काठमाण्डाै महानगरपालिका–२६ मित्रनगरमा धादिङ गङ्गाजमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङसमेत सात जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    पक्राउ परेकाहरूको साथबाट प्रहरीले दुई लाख ७० हजार पाँच सय ५० तथा केही थान ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend