११ जेठ, काठमाडौं
सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानी छन् । उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।
पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ । पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।



