नि:शुल्क विद्युतीय चुल्हाे काठमाण्डौमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई

images
  • 85
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    नि:शुल्क विद्युतीय चुल्हाे काठमाण्डौमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई
    images

    काठमाण्डाै 

     वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्हाेका लागि आवेदन दिन आग्रह गरेको छ ।

    induction_stove_xfWM6imEZo.jpg

    केन्द्रले आज सूचना निकालेर काठमाण्डौबाहिरबाट आएर  भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीबाट आवेदन माग गरेको हो ।

    विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्हाेको आवेदन माग गरेको केन्द्रले जनाएको छ । तोकिएको समूहका विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचय पत्रको प्रतिलिपिसहित आउँदो असार ९ गतेभित्र केन्द्रमा मागपत्र पेश गर्न सक्नेछन् ।

    केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालका अनुसार सरकारी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीको मागका आधारमा नि:शुल्क विद्युतीय चुल्हाे वितरण हुनेछ । केन्द्रले यसअगाडि दुर्गम क्षेत्रबाट काठमाण्डौमा आएर अध्ययन गरेका विद्यार्थीबाट ८ हजार ३ सय माग सङ्कलन गरेको छ । उनीहरुलाई यो आर्थिक वर्षभित्र चुल्हाे वितरण गरिने केन्द्रले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend