एमाले चितवनको अध्यक्षमा कमलराज पाठक

images
  • 132
    SHARES
  • जेठ १६, २०८१ बुधबार
    एमाले चितवनको अध्यक्षमा कमलराज पाठक
    images

    चितवन ।

    नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  

    आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा  उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भए । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो ।

    अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनीत २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend