गर्मी बढेपछि जनकपुरका विद्यालय पाँच दिनका लागि बन्द

images
  • 251
    SHARES
  • जेठ १७, २०८१ बिहीबार
    गर्मी बढेपछि जनकपुरका विद्यालय पाँच दिनका लागि बन्द
    images

    काठमाण्डौ –

    गर्मी बढेपछि जनकपुरधाम उपमहानगरपालिकामा आजदेखि पाँच दिनसम्म विद्यालय बन्द भएको छ । अत्यधिक गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

    बर्खे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द रहने उपमहानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले जारी गरेको सूचनामा उल्लेख छ । अत्यधिक गर्मी बढेसँगै तराईका अरू विद्यालयहरूमा पनि बिदा दिइएको छ ।janakpurdhan_notice_whrZI80BlN.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend