चितवन जिल्ला
राप्ती जेसीजको आयोजनामा मिति २०८१/०२/१५ गतेका दिन ‘प्रभावकारी भाषणकला तथा व्यक्तित्व बिकास’ कार्यक्रम नेपाल जेसीज वर्ष २०१८ कि कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि सिल्पाकारको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको छ ।

राप्तीमा रहेका बिभिन्न संघसस्था आबद्ध पधाधिकारी, जेसीजका सदस्यहरु साथै राप्ति नगरपालिकामा रहेका युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा सहयोगगरि राप्तीमा सफल र सक्षम नेतृत्व प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जेसी नवराज गुरुङ 'जोनी 'ले बताए । अन्य वक्ताहरुमा बिशिस्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष साथै राप्ती जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी स्वपन पौडेल भण्डारीले राप्ती जेसीजले गरेको यो कार्यक्रमले समाज परिबर्तनमा सहयोग पुराउने र समाजमा जेसीजको प्रतिनिधित्व गराउन उल्लेखनीय कार्य गरेको बताउनु भयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्ती न पा वार्ड न ७ अध्यक्ष सुमिता डल्लाकोटीले समाज रुपन्तरण तथा समाज बिकासको लागि सक्षम र सबल युवा नेतृत्वको आवश्कता रहेको हुँदा यस्ता युवाहरुलई तालिम दिई समजमा हस्तान्तरणको भूमिकाको रुपमा राप्ती जेसीज सदैब अग्रसर रहेको र आगामी दिनमा पनि अझै प्रभाकारी ढंगले अगाडी बडन शुभकामना र वार्ड न ७ ले बिगतमा जस्तै आगामि दिनमा पनि सहयोग गर्ने प्रतिबदद्दता व्यक्त गर्नु भयो ।
राप्ती जेसीजका शाखा अध्यक्ष जेसी बिबेक गैरेले राप्तीमा जेसीजको प्रतिनिधित्व गराउन आफ्नो भूमिका सदैब रहने र समजमा सफल र सबल नेतृत्व बिकासमा तालिमको आवश्कता रहेको हुँदा यस्ता प्रभाकारी तालिमहरु जेसीज बाट सम्भव भएकोले आगामी दिनमा अझ प्रभाबकारी तालिम तथा कार्यक्रमको आयोजना गर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जसमा वार्ड जनप्रतिनिधि , सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि, खानेपानी संस्थाका अध्यक्ष तथा प्रतिनिधि, रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष तथा प्रतिनिधि, लिओ क्लबका अध्यक्ष तथा प्रतिनिधि, लायोन्स क्लबका अध्यक्ष तथा प्रतिनिधि, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न युवा क्लबका अध्यक्ष तथा प्रतिनिधि, समुदायक बनका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए ।
आगामि दिनमा पनि राप्ति जेसीजले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं अगाडि बढ्ने राप्ति जेसीज वर्ष २०२१ अध्यक्ष जेसी दिनेश सेढाईले बताउनु भयो । साथै कार्यक्रममा ६० भन्दा धेरै सहभागी रहेको जानकारी कार्यक्रम संचालक तथ् राप्ती जेसीजका महासचिब जेसी संजय कराखेतीले बताए।



