अहिलेको राजनीति भ्रष्टाचारले बिग्रियोःएकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल

images
  • 291
    SHARES
  • जेठ १८, २०८१ शुक्रबार
    अहिलेको राजनीति भ्रष्टाचारले बिग्रियोःएकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल
    images

    काठमाडौं, जेठ १८

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्ने बताएका छन् ।

    शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।

    राज्यका स्रोत साधनहरू जनताको हितमा सोच विचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ । अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए ।

    अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरू धेरै राम्रो गरी आएको धारणा राखे ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend