काठमाडौ,जेठ १८
यस वर्ष सरदरभन्दा छिटो मनसुन भित्रिने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भारतको दक्षिण प्रान्त केरल आइसकेको छ।
मौसमविद् वरूण पौडेलले बुधबार केरलमा मनसुन भित्रिसकेको बताए। त्यहाँको मनसुन विभागले जुन ३१ मा मनसुन केरल आइपुग्ने प्रक्षेपण गरेकामा एक दिन अगाडि नै भित्रिएको थियो।
मौसमविद् पौडेलले नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने बताए। ‘साधारणतया केरलमा जुन २८ मा मनसुन प्रणाली भित्रिने गर्थ्यो। बिहीबार अर्थात् मे ३० बाट केरलमा मनसुन प्रवेश गरेको छ। त्यसैको आधारमा नेपालमा सरदरभन्दा छिट्टै मनसुन भित्रिन्छ भनेर यकिन त गर्न सकिँदैन। तथापि सात दिनभित्र त्यसको प्रभाव देखिन सक्छ,’ उनले भने।



