हिपहप मोवाइल हाउसको तेस्रो आउटलेट लायन्सचोकमा

images
  • 142
    SHARES
  • जेठ २०, २०८१ आइतबार
    हिपहप मोवाइल हाउसको तेस्रो आउटलेट लायन्सचोकमा
    images

    भरतपुर,।

    हिपहप मोबाइलले नारायणगढको लायन्स चोकमा नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र चर्चित गीत सकम्बरीको मोडल तथा नायिका कुसुम शर्माले एक कार्यक्रमबीच बिक्री कक्षको उद्घाटन गरेका हुन् ।ec3fc495-3ba0-44d7-a609-48a3bf94fab6.jpg

    बिक्री कक्ष उद्घाटन गर्दै उपाध्यक्ष सुवेदीले आर्थिक मन्दीको अवस्थामा पनि आफ्नो व्यवसायको शाखा विस्तार गर्नु सकारात्मक पक्ष भएको बताए । हिपहप मोबाइलको यो तेस्रो बिक्री कक्ष हो । रत्ननगर टाँडी बजार र इन्द्रदेव मार्ग नारायणगढपछि लायन्सचोकस्थित लायन्स भवनमा तेस्रो शाखा खोलिएको हो ।1eb04633-afd1-4075-aecd-ee85123ac279.jpg

    पसलका सञ्चालक रतन भट्टले शुभारम्भ अफर अन्तर्गत शून्य प्रतिशत व्याजमा किस्ताबन्दीमा मोबाईल किन्न पाइने बताए । आइफोनमा पनि किस्ताबन्दीमा उपलब्ध गराइने उनले बताए । हिपहप मोबाइल आइटेलमोबाइलको आधिकारिक बिक्रेता हो ।43ee573c-f69b-4a82-84ab-ef685f93111a.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend