ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

images
  • 252
    SHARES
  • जेठ २०, २०८१ आइतबार
    ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो
    images

    सप्तरी –

    सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । हिजो बेलुका कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमास १ त ६२९५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    ज्यान गुमाउनेमा सिरहाको लाहान नगरपालिका वडा नम्बर–१९ घर भएका मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का सुशिल राम रहेका छन् । राजविराजबाट आँप लिएर कञ्चनपुरतर्फ गुडिरहेको ट्र्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको हो ।

    घाइतेमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend