प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

images
  • 146
    SHARES
  • जेठ २०, २०८१ आइतबार
    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
    images

    काठमाडौं ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो ।

    सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् । उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए । बजेटमा ओलीले गरेको टिप्पणीमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको गुनासो रहेको उनी निकट स्रोतले बतायो । आजको भेट पनि यही विषयमा केन्द्रित भएको स्रोतको दाबी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend