स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ

images
  • 154
    SHARES
  • जेठ २०, २०८१ आइतबार
    स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ
    images

    काठमाण्डाै –

    स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ परेका छन् । हिजो बेलुका काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ को लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट भोजपुर घर भएका भीमसेन विश्वकर्मा र खेमराज विश्वकर्मालाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले पक्राउ गरेको हो ।

    हुन्डीसम्बन्धि कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गेस्ट हाउसमा छापा मार्दा स्रोत नखुलेको ७२ लाख रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनासँग सोधपुछ गरी रकमको बारेमा अनुसन्धान भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend