न्यूरोडमा भत्काएको ठाउँ सडक विभागले टाल्न थालेपछि बालेनको आक्रोश

images
  • 184
    SHARES
  • जेठ २१, २०८१ सोमबार
    न्यूरोडमा भत्काएको ठाउँ सडक विभागले टाल्न थालेपछि बालेनको आक्रोश
    images

    काठमाण्डौ 

    न्यूरोडमा फुटपाथ विस्तारको लागि भत्काएको ठाउँमा सडक विभागले टाल्न थालेपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोख्नुभएको छ ।

    आज बिहान सडक विभागले काम थालेपछि मेयर बालेनले गिरिबन्धुको जग्गा सट्टापट्टाको विषयलाई ओझेलमा पार्नको लागि फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको दाबी गर्नुभएको छ ।

    47a47073-b731-48bb-980a-8af7f97e41b8.jpg

    उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम तोकेर गिरिबन्धुको काण्ड लुकाउन र नागरिकलाई भुलाउन राज्यको सबै शक्ति लगाएर न्यूरोडमा बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको भन्दै आक्रोश पोख्नुभएको हो ।

    काठमाण्डौ महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन थालेपछि सडक डिभिजन कार्यालय काठमाण्डौले दुई दिनभित्र सडक मर्मत गर्न भनेको थियो । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालयले आज बिहादेखि सडक टाल्न थालेको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend