रुखले च्यापिएर एक जनाको निधन

images
  • 198
    SHARES
  • जेठ २२, २०८१ मंगलबार
    रुखले च्यापिएर एक जनाको निधन
    images

    नवलपुर । नवलपुरमा आएको हावाहुरी सहितको पानीले रुख ढल्दा रुखले च्यापिएर एक जनाको निधन भएको छ ।

    मध्यविन्दु नगरपालिका १२ ज्वाइथर निवासी ६९ वर्षीय चित्रबहादुर थापाको आज बिहान रुखले च्यापिएर घटना स्थलमै निधन भएको हो ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरका मध्यविन्दु १२ ठूलो पोखरी सामुदायिक वनमा बाख्रा चराउन गएका थापाको रुखले च्यापिएर निधन भएको हो ।

    मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend