काठमाडौंको चाबहिलमा श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर श्रीमानले लगाए आगो

images
  • 266
    SHARES
  • जेठ २३, २०८१ बुधबार
    काठमाडौंको चाबहिलमा श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर श्रीमानले लगाए आगो
    images

    काठमाडौं, जेठ २३-

    काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् ।

    गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    आगोले जलेका पाँचजनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend