बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर पक्राउ

images
  • 184
    SHARES
  • जेठ २४, २०८१ बिहीबार
    बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर पक्राउ
    images

    काठमाडौं,जेठ २४

    नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

    एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

    उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत थिए । उनले १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोप छ । शिवाकोटीलाई हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend