जीपमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

images
  • 148
    SHARES
  • जेठ २४, २०८१ बिहीबार
    जीपमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो
    images

    काठमाण्डाै –

    झापाको मेचीनगरमा रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

    दुर्घटनामा स्कुटर चालक झापाको बुद्धशान्ति गाउँपालिका ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र स्कुटरको पछाडि बस्ने इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजानको ज्यान गएको प्रहरीले जनाएको छ ।

    मेचीनगर नगरपालिका–१२ धाइजनमा पर्ने मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ जीपमा मे ७ प ७२८३ नम्बरको स्कुटर ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिनुभयो । गए राति चारआलीबाट बुधबारेतर्फ गुडिरहेको स्कुटर जीपमा ठोक्किएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend