देवघाट जेष्ठ २४
लक्ष्मी सनराईज बैंक नारायणगढ शाखाद्वारा भरतपुर-१ देवघाटधाम स्थित रहेको गार्गी कन्या गुरूकुलम् लाई ३ वटा कम्प्युटर सहयोग हस्तान्तरण गरेको छ ।

आज बिहिवार लक्ष्मी सनराईज बैंकका शाखा प्रमुख नृपेसचन्द्र श्रेष्ठ र पुरूषोतम पुडासैनी,अनु पिया,सविन श्रेष्ठ लगाएतको टिम आश्रममै पुगी कम्प्युटर हस्तान्तरण गरिएको हो । वर्तमान समय सबै प्राविधिक शिक्षाको जमाना छ । गुरूकुलमा बालबालिकाहरूलाई त्यस शिक्षाबाट बन्चित नहोस भन्ने उद्देश्यले कम्प्युटर सहयोग हस्तान्तरण गरिएको लक्ष्मी सनराईज बैंकका शाखा प्रमुख नृपेसचन्द्र श्रेष्ठले बताए ।

उनले कन्या गुरूकुललाई गत दिनहरूमा पनि सहयोग गर्दै आएको र आगमि दिनहरूमा पनि सहयोग रहिरहने बताए । साथै कन्या गुरूकुलमा कम्प्युटरसँगै सामाकोशी काठमाडौं स्थित रहेको प्रजातन्त्र तथा विकास केन्द्रले बालिकाहरूलाई ८६ वटा ट्याकसुट समेत वितरण गरिएको थियोे । नेपालकै पहिलो कन्या गुरूकुल गार्गी कन्या गुरूकुलले अभिभावक बिहिन धेरै बालिकाहरूलाई अगाडि बढाउदै आएको छ ।

देवघाटधाममा स्थापित भएपछि गुरूकुलका प्रमुख सल्लाहकार भएर आफू अगाडि बढेको बताउदैँ यस कन्या गुरूकुललाई अगाडि बढाउन आफ्नो सदैब साथ र सहयोग रहने गुरूकुलका प्रमुख सल्लाहकार एवं वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले बताए । साथै उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय एवं गार्गी कन्या गुरूकुलका संरक्षक प्रा.डा.गुरूप्रसाद सुवेदीले गुरूकुलको भौतिक अवस्था अब पुर्ण भैसकेको छ अब हाम्रा भविष्यका कर्णदार बालिकाहरूलाई शिक्षालाई गहिरो तरिकाले अगाडि बढाउने र विद्वान् बनाउने गुरूकुलको लक्ष्य रहेको रहेको बताए ।

साथै गुरूकुलका बालिकाहरूलाई लक्ष्मी सनराईज बैंक नारायणगढ शाखाले कम्प्युटर सौजन्य गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वि.प्र. अ.खेमनाथ चालिसे,स्वामी अलग शक्ति लगाएको उपस्थिति रहेको थियोे भने गार्गी कन्या प्रतिष्ठानका अध्यक्ष शान्त प्रसाद पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रम गुरूकुलका सचिव राम प्रसाद वस्तीले सञ्चालन गरेका थिए ।



