दमौली , २५ जेठ
ट्याङकरको ठक्करबाट मृत्यु भएका व्यास नगरपालिकाका इन्जिनियर प्रविण कैनीको शुक्रबार अन्त्येष्टी गरिएको छ । इन्जिनियर कैनीको दमौली स्थित सेती बुल्दी दोभान घाटमा अन्त्येष्टी गरिएको हो ।
स्वर्गीय इन्जियिर कैनी प्रति जनप्रतिनिधि ,व्यास नगरपालिकाका कर्मचारी र शुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि बिहिबार भएको वार्तामा पीडित परिवारलाई बिमा सहित ३० लाख रुपैयाँ र परिवारको एक जना सदस्यलाई सडक बिस्तार आयोजनामा रोजगारी दिने सहमति भएपछि पीडित परिवारले शव बुझेका थिए ।



