नारायणगढमा अल्फा एजुकेसन कन्सल्टेन्सी सञ्चालन

images
  • 233
    SHARES
  • जेठ २५, २०८१ शुक्रबार
    नारायणगढमा अल्फा एजुकेसन कन्सल्टेन्सी सञ्चालन
    images

    नारायणगढमा अल्फा एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा आएको छ।

    शुक्रबार नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले उक्त कन्सल्टेन्सीको उद्घाटन गरेका हुन्। २०७२ सालदेखि काठमाडौँबाट सेवा थालेको कन्सल्टेन्सीले चितवनको मागलाई सम्बोधन गर्नको लागि पनि शहीदचोकबाट सेवा थालेको कन्सल्टेन्सीका सञ्चालक रोमनसिंह थापामगरले जानकारी दिए।

    विद्यार्थीहरुको उच्च शिक्षासँगै भविष्य निर्माणको लागि काम गर्ने लक्ष्यसहित सेवा सुरु गरिएको उनको भनाइ छ। कन्सल्टेन्सीको उद्घाटन गर्दै मगर संघका अध्यक्ष ठाकुरसिंह आलेमगरले वैदेशिक यात्राका लागि परामर्श केन्द्रको कमिकमजोरीका कारण कति युवाहरुले दुःख पाइरहेको बताउँदै सहज सेवा उपलब्ध गराउनेमा विश्वास दिलाए। उक्त कन्सल्टेन्सीबाट अष्ट्रेलिया, युके, क्यानाडा, अमेरिका, जापान, कोरिया, डेनमार्क र न्युजिल्याण्डलगायतका देशमा विद्यार्थी पठाउने छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend