प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय

images
  • 261
    SHARES
  • जेठ २७, २०८१ आइतबार
    प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय
    images

    काठमाडौँ, जेठ २७

    आज र भोलिको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

    सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

    विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend