मोरङको विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

images
  • 174
    SHARES
  • जेठ २७, २०८१ आइतबार
    मोरङको विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी
    images

    २७ जेठ, विराटनगर

    मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

    सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको । प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो ।

    निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend