सुनको मूल्य एकैदिन चार हजार रुपैयाँले घट्यो

images
  • 154
    SHARES
  • जेठ २७, २०८१ आइतबार
    सुनको मूल्य एकैदिन चार हजार रुपैयाँले घट्यो
    images

    काठमाण्डौ 

    सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ । सुनकाे भाउले अस्ति शुक्रवार नयाँ रेकर्ड कायम गरेर एक लाख ४५ हजार पुगेको थियो ।

    आज सुनको भाउ चार हजारले घटेर ताेलाकाे एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend