ट्याङ्कीमा डुबेर ७० वर्षीया वृद्धाको ज्यान गयो

images
  • 235
    SHARES
  • आषाढ २, २०८१ शनिबार
    ट्याङ्कीमा डुबेर ७० वर्षीया वृद्धाको ज्यान गयो
    images

    दाङ 

    दाङमा पानी ट्याङ्कीमा डुबेर एक वृद्धाको ज्यान गएको छ ।

    दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी ७० वर्षीया शान्त कुमारी देवकोटाको आफ्नै घर नजिकै रहेको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको हो । स्थानीयले देवकोटालाई ट्याङ्कीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको थियो । शवको पोस्टमार्टमपछि आफन्तले शव बुझेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend