काठमाडौं, असार २
नगरसभा स्थगित भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आक्रोश पोखेका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न नगरसभाको बैठकमा बोलाइएको थियो ।
तर, बैठक एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन, ‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ ।
बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’मेयर साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रो बैठक असार १० गते सम्मका लागि स्थगित भएको हो ।



