बिदा अस्वीकृत एआईजी विश्वराज पोखरेलको

images
  • 98
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    बिदा अस्वीकृत एआईजी विश्वराज पोखरेलको
    images

    काठमाडौं 

    नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । 

    1606743653bishow1606743231_20220502154923 (1).jpg

     

    यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी धिरजप्रताप सिंहले अस्वीकृत गरेका हुन् । 

    पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्दै घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend