सञ्चालक परिषद गठन नेपाल टी–२० लिगको

images
  • 85
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    सञ्चालक परिषद गठन नेपाल टी–२० लिगको
    images

    काठमाडौं 

    नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद (गभर्निङ काउन्सिल) गठन गरेको छ ।क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    CAN-LOGO_20220525134653.jpg

    समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन् । त्यस्तै लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend