रास्वपा पुराना दलभन्दा फरक हाे : सभापति लामिछाने

images
  • 183
    SHARES
  • आषाढ ८, २०८१ शुक्रबार
    रास्वपा पुराना दलभन्दा फरक हाे : सभापति लामिछाने
    images

    काठमाण्डाै 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएकाे दुई वर्ष पुगेकाे अवसरमा आज केन्द्रीय कार्यालय चःमतिमा चियापान गरेको छ ।चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी हुनुभएको छ ।

    रास्वपा २०७९ असार ७ गते गठन भएको थियो । असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको दलले २०७९ सालको प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ छ र समानुपातिकमा १४ सिटसहित २० सिट ल्याएर चौथो शक्ति बनेको थियो । यस्तै २०८० वैशाख १० गतेको उप–चुनावमा तनहुँ क्षेत्र नम्बर १ समेत जितेको रास्वपाकाे संसद्मा २१ सिट रहेको छ ।

    स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकको अपेक्षा पूरा गर्ने चुनौतीका साथ आफूहरूले काम गर्ने बताउनुभयो । आफूहरू अहिलेसम्मका कामको निर्मम समीक्षा गरेर अघि बढ्ने भन्दै उहाँले आफूहरू पुराना दलभन्दा फरक भएको जिकिर पनि गर्नुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend