ठूला शहरमा केन्द्रित जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्छ : मेयर बालेन्द्र शाह

images
  • 147
    SHARES
  • आषाढ ९, २०८१ शनिबार
    ठूला शहरमा केन्द्रित जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्छ : मेयर बालेन्द्र शाह
    images

    काठमाण्डौ 

    काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिलमा भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।

    बैठकमा भाग लिन उहाँ असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गर्नुभएको थियो । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्ने बताउनुभयो । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक–फरक ठाउँका सहरको समस्या फरक हुन सक्ने तर केही साझा कार्यक्रमका बारेमा छलफल भएको उहाँको भनाई छ ।

    निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै मेयर शाहले 'मेयरल राउण्ड टेवल' कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित 'मेट्रोपोलिस नीति बहस' मा भाग लिनुभएको थियो ।

    उहाँले ठूला शहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र शहर जीवनयापनका सुविधा नजिक रहेका शहरमा पुर्‍याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्ने बताउनुभएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend