श्री एयरलाइन्सले फेरि अर्को जहाज थप्यो

images
  • 190
    SHARES
  • आषाढ ९, २०८१ शनिबार
    श्री एयरलाइन्सले फेरि अर्को जहाज थप्यो
    images

    काठमाण्डौ 

    श्री एयरलाइन्सले फेरि अर्को जहाज थपेको छ । श्री एअरलाइन्सले डि हामिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताकाे नयाँ जहाज थपेको हो । अब श्री एअरलाइन्ससँग ११ वटा हवाइजहाज र आठ वटा हेलिकप्टर पुगेका छन् ।

    जहाज र हेलिकप्टर गरेर श्री एअरलाइन्ससँग १९ वटा साधन पुगेसँगै यो कम्पनी नेपालको सबैभन्दा ठूलो विमान सेवा कम्पनी पनि बनेको छ । श्री एअरले नयाँ थप गरेको जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएपछि नियमित उडानका गन्तव्यमै सेवा बिस्तार गर्ने भएको छ ।

    यो जहाजमार्फत सुगम क्षेत्रमा उडान गर्ने र अहिलेको तुलनामा भाडा केही कम गर्न सकिने श्री ले जनाएको छ । केही गन्तब्यमा भइरहेको केही एअरलाइन्सको एकलौटी उडान र महङ्गो भाडा केही सस्तो हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जनाएको छ । यसअघि सुर्खेतमा बुद्ध एअरलाइन्सले मात्रै उडान गरिरहेकोमा श्री ले पनि उडान थालेसँगै त्यहाँको भाडा केही कम भएको छ ।

    श्री ले चितवनको भरतपुरमा पनि परीक्षण उडान गरेको छ । अब श्री एअरलाइन्सले भरतपुरमा नियमित उडान थालेसँगै भाडा पनि घट्नेछ । श्री एअरलाइन्सले अहिले काठमाण्डौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत लगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend