लोकगायक पृथ्वी गुरुङको नयाँ चुड्का गीत ‘गुदरी तानेर ...’ सार्वजनकि

images
  • 435
    SHARES
  • आषाढ ११, २०८१ सोमबार
    लोकगायक पृथ्वी गुरुङको नयाँ चुड्का गीत ‘गुदरी तानेर ...’ सार्वजनकि
    images

    काठमाण्डौ

    चुड्का र सालैजो गायनमा लोकप्रिय गोर्खाली लोकगायक पृथ्वी गुरुङको स्वरमा नयाँ चुड्का गीत ‘गुदरी तानेर ...’ सार्वजनकि भएको छ ।

    विशेष गरेर तनहुँको भानु नगरपालिका १२ को अर्चले गाउँको चर्चा गर्दै बनाएको चुड्का गीत शनिबार साँझ सार्वजनिक भएको हो ।  सार्थक डिजिटलको अफिसियल युट्युब च्यानल सार्थक डिजिटलबाट सार्वजनिक गरिएको गीतमा मुख्य पुरुष स्वर लोकगायक पृथ्वी गुरुङले दिएका छन् भने महिला स्वरमा लोकगायीका ममता गुरुङले स्वर दिएकी छिन् ।

    गीतमा शब्द संगीत गायक पृथ्वी गुरुङ आफ्नैको रहेको छ भने म्युजिक एरेन्ज दुर्गा गुरुङले गरेका छन् । गीतमा पबिन गुरुङ, तेजेन दुरा, रुपी सिंजाली र प्रेमा थापा मगरले कोरस स्वर दिएका छन् भने गीतको म्युजिक भिडियोमा पबिन गुरुङ, मोहन गुरुङ, रबिन गुरुङ, आयुस्मा गुरुङ र कुसुम गुरुङले अभिनय गरेका छन् । यस्ती गीतको भिडियोमा निर्देशन र कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् । 

     

    https://www.youtube.com/watch?v=ojUE2NB2CbI

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend