चितवनको इच्छाकामना गाउँपालिकाद्वारा दुई कृषि सहकारीलाई कृषि एम्बुलेन्स प्रदान

images
  • 206
    SHARES
  • आषाढ १२, २०८१ मंगलबार
    चितवनको इच्छाकामना गाउँपालिकाद्वारा दुई कृषि सहकारीलाई कृषि एम्बुलेन्स प्रदान
    images

    कुरिनटार

    पहिलो पटक वितरण गरिएको कृषि एम्बुलेन्सले सफलता प्राप्त गरेपछि चितवनको इच्छाकामना गाउँपालिकाले यस वर्ष पनि थप २ वटा कषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

    गाउँपालिकाले सोमबार एक कार्यक्रमका बिच थप कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानहरुको २५ प्रतिशत लागत साझेदारीमा सञ्चालनमा ल्याएको एम्बुलेन्स गाउँपालिकाको वडा नं. १ र ७ का किसानहरुलाई लक्षित गर्दै संचालन हुनेछ । यसका लागि वडा नं. १ मा सिराइचुली कृषि सहकारी संस्थाले र वडा नं. ७ को दाहाखानीका किसानहरुलाई लक्षित गर्दै चण्डिभञ्ज्याङ्ग सामाजिक उद्यमी महिला सहकारी संस्थाले संचालन गरिनेछ । 

    पहिलो पटक गत आर्थिक वर्षमा हपनी कृषक समूह मार्फत वडा नं. २ मा संचालनमा ल्याएको कृषि एम्बुलेन्सले किसानहरुका लागि अत्यन्त प्रभावकारी भएको हुदाँ यो वर्ष थप २ वटा वडामा पनि कृषि एम्बुलेन्स संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले बताए । उनले आगामी वर्ष थप अन्य वडाका किसानहरुलाई समेत लक्षित गर्दै सबै वडामा कृषि एम्बुलेन्स संचालन गरिने बताए ।

    कृषि एम्बुलेन्स संचालनमा आएपछि स्थानीय किसानहरुले उत्पादन गरेको कृषि सामाग्रीहरुलाई बजारमा बिक्रि वितरण गर्न सहज हुने विश्वास लिएको गाउँपालिकाका कृषि शाखा अधिकृत आशिष त्रिपाठीले बताए ।

    उनका अनुसार गाउँका किसानले उत्पादन गरेको कृषि सामाग्री गाउँमा संचालित संकलन केन्द्रहरु मार्फत संकलन गरि कृषि एम्बुलेन्सको ड्राइभरको जिम्मेवारीमा बजारसम्म ल्याएर बिक्रि वितरण गरी पुनः संकलन केन्द्र मार्फत किसानहरुलाई रकम उपलब्ध गराईनेछ । जसका कारण किसानहरुले आफुले उत्पादन गरेको सामाग्री बिक्रीको लागि बजार खोज्नुनपर्ने, समयको बचत हुने जस्ता फाईदा पुग्ने अधिकृत त्रिपाठीले बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend