प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट

images
  • 166
    SHARES
  • आषाढ १२, २०८१ मंगलबार
    प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट
    images

    काठमाडौँ ।

    प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ (बजेट) पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

    सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

    प्रतिनिधि सभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरू भएको थियो ।

    विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend