एसइई परीक्षामा नारायणी पब्लिकका दुई विद्यार्थीले ल्याए ४ जिपीए

images
  • 208
    SHARES
  • आषाढ १४, २०८१ बिहीबार
    एसइई परीक्षामा नारायणी पब्लिकका दुई विद्यार्थीले ल्याए ४ जिपीए
    images

    भरतपुर, १३ असार

    चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।

    भरतपुर महानगरपालिका वडा नं। ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु एलिजा सिग्देल र जानकी कंडेलले आज सार्वजनिक भएको एसइइ नतिजा अनुसार ४ जिपीए ल्याएका छन् । नारायणी इङ्लिस पब्लिक स्कुलबाट ८० जनाले एसईई दिएकोमा सबै उतीर्ण भएका छन् ।

    एसइइ दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्राचार्य बेदराज न्यौपानेले जानकारी दिनुभयो ।गतवर्ष पनि विद्यालयका विद्यार्थीहरु सन्दीप पौडेल र प्रयुना सुयालले ४ जिपीए ल्याएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend