रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्याे

images
  • 187
    SHARES
  • आषाढ १५, २०८१ शुक्रबार
    रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्याे
    images

    काठमाण्डाै

    पहिरोका कारण गए रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ ।

    दैलेख र कालीकोटको सीमानामा पर्ने विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक केहीबेर अघिदेखि खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यस्तै पहिरोले मध्यपहाडी राजमार्गको रुकुम खण्ड अवरुद्ध भएको छ ।

    रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाण्डौ तथा रुकुम पूर्वबाट रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगञ्ज जाने गाडी रोकिएका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend