नागरिक र नेतृत्वको प्राथमिकता फरक हुँदा देश अप्ठेराेमा पर्‍याे : गृहमन्त्री रवि लामिछाने

images
  • 161
    SHARES
  • आषाढ १७, २०८१ आइतबार
    नागरिक र नेतृत्वको प्राथमिकता फरक हुँदा देश अप्ठेराेमा पर्‍याे : गृहमन्त्री रवि लामिछाने
    images

    काठमाण्डाै –

    उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिक र नेतृत्वको प्राथमिकता फरक हुँदा देश अप्ठेराेमा परेकाे बताउनुभएको छ ।

    आज काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले देश अप्ठेराेमा छ भन्ने कुरा २००७ सालदेखि भन्दै आएको बताउँदै देश कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको उल्लेख गर्नुभयाे ।

    उहाँले भन्नुभयो, ‘देश त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ । जब आमनागरिक र नेतृत्वको प्राथमिकतामा फरक आउँछ तब देश जहिले पनि अप्ठेरोमा पर्छ । नेपालमा आमनागरिककाे प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन ।’

    गृहमन्त्री लामिछानेले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताउनुभयो । नेताहरूले साँच्चिकै चिन्ता गर्ने हाे भने नागरिकका मुद्दामा सर्वदलीय बैठक बाेलाएर छलफल गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend