काठमाडौं, असार १७
६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। हिजो (आइतबार) काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा सिआइबीले बुझाएको दोस्रो चरणको अनुसन्धान प्रतिवेदनबाट २० जना पक्राउ परेका छन् । सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् ।



