काठमाण्डौ
जाजरकोटको भेरी नगरपालिका–५ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको ज्यान गएको छ । उहाँका बुबा रमेश घाइते हुनुभएको छ ।
विकका बाबुछोरालाई घरमै रहेको अवस्थामा आज बिहान पहिरोले पुरेको वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रिन्सको घटनास्थलमै ज्यान गएको हो । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



