प्रधानमन्त्रीलाई राजीनामा दिन काँग्रेसको आग्रह

images
  • 325
    SHARES
  • आषाढ २०, २०८१ बुधबार
    प्रधानमन्त्रीलाई राजीनामा दिन काँग्रेसको आग्रह
    images

    काठमाडौँ ।

    नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

    बैठकपछि काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि काँग्रेसले आग्रह गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend