बबई नदी तर्ने क्रममा एक जना बेपत्ता

images
  • 260
    SHARES
  • आषाढ २०, २०८१ बुधबार
    बबई नदी तर्ने क्रममा एक जना बेपत्ता
    images

    दाङ 

    तुलसीपुरमा नदी तर्ने क्रममा बगेर एक किशोरी बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

    तुलसीपुर–१४ मटेराको बबई नदी तर्ने क्रममा आज बिहान स्थानीय १९ वर्षीया सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार इलाका प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली परिचालन गरी बेपत्ता किशोरीको खोजी भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend