जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • 206
    SHARES
  • आषाढ २१, २०८१ बिहीबार
    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images

    काठमाडौं ।

    १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend