बेनी–जोमसोम सडक खण्डमा राति यात्रा नगर्न अपिल

images
  • 163
    SHARES
  • आषाढ २१, २०८१ बिहीबार
    बेनी–जोमसोम सडक खण्डमा राति यात्रा नगर्न अपिल
    images

    म्याग्दी –

    बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढी पहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    वर्षाको समयमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको प्रशासनले जनाएको छ । राति यात्रा गर्दा बाढी पहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

    अस्ति रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले भ्यान पुर्दा तीन जना यात्रुको सकुशल उद्धार भएको थियो बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा साना ठूला गरेर ३५ वटा पहिराे रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend