सुन्ताला किसानलाई इच्छाकामना गाउँपालिकाद्वारा अनुदानमा बेर्ना वितरण

images
  • 192
    SHARES
  • आषाढ २२, २०८१ शुक्रबार
    सुन्ताला किसानलाई इच्छाकामना गाउँपालिकाद्वारा अनुदानमा बेर्ना वितरण
    images

    कुरिनटार

    चितवनको इच्छाकामना गाउँपालिकाले किसानहरुलाई  अनुदानमा सुन्तलाको बिरुवा वितरण गरेका  छन् ।  सुखी खुशी समृद्ध इच्छाकामना, कृषि पर्यटन र पूर्वाधार विकास  हाम्रो चाहना भन्ने मूल नाराका साथ फलफूल सुन्तला विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गाउँपालिकाले किसानहरुलाई सुन्तलाको कलमी र बिजु बिरुवा वितरण गरेका हुन् ।

    इच्छाकामना गाउँपालिकालाई सुन्तला प्रवद्र्धन गर्नको लागि पहिले ५० प्रतिशत  अनुदानमा किसानहरुसँगै सम्झौता गरेर सामाग्रीहरु वितरण गरिएको थियो।  त्यसपछि ५० प्रतिशत किसानकै साझेदारीमा सुन्तलाका विरुवा वितरण गरिएको हो । आठ हजार कलमी १२ हजार विजु गरि २० हजार सुन्तलाको बिरुवा वितरण गरिएको कृषि शाखामा कार्यरत कृषि प्राविधिक उमेशकुमार चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार कलमीको  ७५ रुपैयाँ किसान र ७५ रुपैयाँ गाउँपालिकाको रहेको छ । विजुको  १२ रुपैयाँ ५०  पैसा किसान र १२.५० रुपैयाँ साझेदारीमा सुन्तला विरुवा वितरण गरिएको हो । 

    गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना गाउँपालिकाको आयोजनामा सुन्तला विरुवा वितरण भईरहेको बताउनुभयो । किसानहरुको ५० प्रतिशत र इच्छाकामना गाउँपालिकाको ५० प्रतिशत लागतमा सुन्तला बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।  सुन्तला विरुवा पाएसगैँ किसानहरु  खुशी भएको उहाँले बताउनुभयो ।  उहाँका अनुसार किसानहरुको मागको आधारमा सुन्तलाका विरुवा वितरण गरिएको हो  ।

    वडा न. ३  मा सुन्तला महोत्सव मनाएको र सोही ठाउँलाई सुन्तला प्रवद्र्धनका लागि विशेष प्राथमिकता दिइएको उहाँको भनाई छ । आउने बर्षहरुमा पनि किसानीहरुलाई लक्षित गरेर कार्यक्रम ल्याउँने उहाँले बताउँनुभयो । तोक्दाङ ढाप कृषक समुहको अध्यक्ष चन्द्र बहादुर गुरुङले अनुदानमा सुन्तलाको बिरुवा माग गर्नुभएको थियो  ।  ७५ कलमी ३८० विजु विरुवा गरि ४५५वटा सुन्तलाको विरुवा समूहमा पाएको उहाँले बताउनुभयो । 
    यसैबिच  अर्का किसान गिर बहादुर गुरुङ  र होम बहादुर गुरुङले पनि  आफूहरुले फर्म भरे अनुसार नै विरुवा पाउँदा खुशी व्यक्त गर्नुभयो । गाउँपालिकाले सुन्तला खेती प्रवद्र्धनका लागि सुन्तला विरुवा सहित  आवश्यक औजारहरु समेत अनुदानमा उपलब्ध गराउँदै आएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend