रुख ढल्दा गाउँपालिका कार्यालय भवनमा क्षति

images
  • 493
    SHARES
  • आषाढ २२, २०८१ शुक्रबार
    रुख ढल्दा गाउँपालिका कार्यालय भवनमा क्षति
    images

    सोलुखुम्बु 

    रुख ढल्दा खुम्बु पासाङल्हामु गाउँपालिकाको कार्यालय भवन क्षति भएको छ ।

    हिजो बेलुका कार्यालय नजिकै रहेको खस्रु जातको रुख ढल्दा वडा नम्बर ३ मा रहेको गाउँपालिका कार्यालय भवनसहित अर्को एउटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    पालिकाले भाडामा लिएर सेवा प्रवाह गर्दै आएको स्थानीय ल्हाक्पा दिकी शेर्पाको ढुङ्गा माटोले बनेको तथा टिनको छानो भएको तीन तले घर र नजिकै रहेको निमा वाङ्छु शेर्पाको ढुङ्गा माटोले बनेको दुई तले घरसहित ग्लाली र शौचालयमा पूर्ण क्षति भएको हो । रुख आफैँ मक्किएर ढल्दा भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend